सेना परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा ठूलो प्रदर्शन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ लाख रिजर्भ सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । त्यसयता रुसमा चर्को विरोध भइरहेको छ । राजधानी मस्को, सबैभन्दा ठूलो औद्योगिक सहर सेन्ट पिटर्सवर्गमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र प्रदर्शन गरेका छन् ।

एक स्वतन्त्र निगरानी समूहले यी दुई सहरमा रिजर्भ सेना तैनाथीको विरोधमा जुलुसमा संलग्न सयौं व्यक्तिलाई पक्राउ गरिएको दाबी गरेको छ । मस्कोमा प्रदर्शनकारीहरूले ‘नो टु वार, लाइफ टु आवर चिल्ड्रेन, नो मोबिलाइजेसन’ लगायतका नारा लगाएका छन् । पुटिनको यो सैन्य तैनाथीको आदेशपछि युक्रेन युद्ध अझै चर्किने डर छ ।

रुसी सेनाविरुद्ध कडा कानुन र युद्धको आलोचनाका साथै देशभर विरोध प्रदर्शन भएको छ । स्वतन्त्र रूसी मानव अधिकार समूहका अनुसार ३८ शहरहरूमा युद्ध विरोधी प्रदर्शनहरूमा १३ सय भन्दा बढी रुसीहरू पक्राउ परेका  छन् । 

रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै प्रहरीले अनुमतिबिना विरोध प्रदर्शन र र्‍याली आयोजना गर्ने प्रयासलाई विफल पारेको बताएको छ। सबै प्रदर्शनहरू रोकिएका छन् र उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरिएको छ ।

युद्ध विरोधी अपील – पुटिनको लागि मर्नु आवश्यक छैन

यसअघि युद्धविरोधी आन्दोलन भेस्ना युवा लोकतान्त्रिक आन्दोलनले प्रदर्शनको आह्वान गरेको थियो ।



भेस्नाले रुस–युक्रेन युद्धलाई उल्लेख गर्दै आफ्नो वेबसाइटमा अपीलमा भनेका छन्, ‘हामी सैनिकहरूलाई रुसी सेनाको विशेष अभियानमा भाग लिन अस्वीकार गर्न र सकेसम्म चाँडो आत्मसमर्पण गर्न आह्वान गर्छौं । पुटिनको लागि मर्नु पर्दैन ।  तपाईं अधिकारीहरूको लागि तोपको चारा जस्तै हुनुहुन्छ, जहाँ तपाईं कुनै अर्थ वा उद्देश्य बिना बर्बाद हुनेछ ।’



  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १३:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया