आरजुको निर्वाचन क्षेत्रमा संघमा पन्त, प्रदेशमा देउवा

नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने भएको छ । पन्तको नाममा सहमति भएको बताइएको छ । 

यसअघिको निर्वाचनमा कैलाली ५ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा नेकपा एमालेका नेता नारदमुनि राणासँग पराजित भएकाी थिइन् । 

यसअघि पन्त निर्वाचित कैलाली क्षेत्र नम्बरको ‘ख’ तर्फको प्रदेश सभामा नेपाली कांग्रेसले युवा नेता प्रकाश देउवालाई उम्मेदवार बनाउने भएको समाचार स्रोतले बताएको छ । संघ र प्रदेशमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुटिसकेको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । 

नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ को ‘क’ तर्फको प्रदेश सभामा भने माओवादीलाई सघाउने भएको छ । ‘ख’मा भने कांग्रेसले उम्मेदवारी नदिने बताइएको छ ।

यसअघि कैलाली ५ आरजुको एकल नाम समेत पठाइएको थियो । तर, उनले  समानुपातिक रोजेपछि अन्य उम्मेदवारको खोजी भइरहेको थियो ।

‘भाउजू (आरजु)ले समानुपातिक रोजेपछि धेरैले आकांक्षा राखेका थिए । तर, बालुवाटारले डिल्लीराज पन्तलाई टिकट दिने सम्भावना बढेको छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिलेसम्म करिब त्यही कुरा पक्का हो ।’

संघमा पन्तसँगै नरनारायण शाह मनु, क्षितिज भण्डारी, सुनील भण्डारीलगायत उम्मेदवार बन्ने चर्चा थियो ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार २२:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया