उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा सञ्चालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

‘उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने ।  उत्तरले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ । 

जहाजहरूलाई सचेत हुन चेतावनी दिइएको छ । उत्तरले प्रक्षेपण गरेको भनिएको वस्तु जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । 

मे महिनामा पदभार ग्रहण गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियासँगको असफल कूटनीतिपछि संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासलाई बढाउने वाचा गरेका छन् । 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ७:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया