logo-img

डेनमार्कसँग फ्रान्स २-० ले पराजित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा फ्रान्स पराजित भएकाे छ । ऊ लिग `ए´ अन्तर्गत समूह एकको खेलमा घरेलु टोली डेनमार्कसँग २-० ले पराजित भएकाे हाे ।

पार्केन स्टेडियममा घरेलु टाेलीलाई जित दिलाउन कास्पर डाेलबर्ग तथा एन्ड्रियास ओल्सेनले एक/ एक गोल गरे । ​खेलको ३३ औं मिनेटमा डाेलबर्गकाे गाेलमार्फत डेनमार्कले अग्रता लिएकाे थियाे ।

३९ औं मिनेटमा ओल्सेनले गाेल गर्दै घरेलु टाेलीलाई २–० को जित दिलाए । याे जितसँगै ६ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा रहँदा पराजित फ्रान्स समान खेलबाट पाँच अंकका साथ तेस्रोमा रह्यो ।   

लिगअन्तर्गतकै अन्य खेलमा लक्जमबर्गले लिथुआनियालाई १–० ले हराउँदा एन्डाेराले लात्भिया तथा स्लाभाकियाले बेलारुससँग समान १–१ को बराबरी खेले ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ७:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया