logo-img

नेसन्स लिगमा इंग्ल्याण्ड र जर्मनीको राेमाञ्चक बराबरी

युइएफए नेसन्स लिग अन्तर्गत गएरातिकाे खेलमा इंग्ल्याण्ड र जर्मनीले बराबरी खेलेका छन् । लिग `ए´ अन्तर्गत समूह तीनकाे खेलमा दुवै टाेलीले ३-३ को बराबरी खेलेका हुन् ।

सुरुवाती दुई गाेलकाे अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टाेलीसँग अंक बाँड्न बाध्य बन्याे । ​वेम्बली स्टेडियममा खेलकाे ५२ औं मिनेटमा इल्के गुन्डाेगनले पेनाल्टीमार्फत गाेल गर्दै जर्मनीलाई सुरुवाती अग्रता  दिलाएका थिए ।

६७ औं मिनेटमा काइ हाभर्टेजले पाहुना टाेलीकाे अग्रता दाेब्बर बनाए । ७१ औं मिनेटमा इंग्ल्याण्डका लुक शले गाेल गर्दै खेलाई २-१ काे अवस्थामा ल्याए ।

७५ औं मिनेटमा मेसन माउन्टले घरेलु टाेलीलाई २-२ काे बराबरीमा ल्याए । ८३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गाेल गर्दा इंग्ल्याण्ड ३-२ ले अघि बढ्याे ।

८७ औं मिनेटमा हाभर्टेजले व्यक्तिगत दोस्रो गाेल गरेपछि खेल ३-३ काे राेमाञ्चक बराबरीमा सकियाे ।

याे नतिजासँगै ६ खेलमा ७ अंकका साथ तेस्रो स्थानमा रहँदा लिग `बी´ मा झरेकाे इंग्ल्याण्ड समान खेलबाट ३ अंक जाेडेर पुछारमा रह्याे  ।



लिगअन्तर्गतकै अन्य खेलमा राेमानिया र इस्टाेनियाले जित हात पारेका छन् ।



  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ७:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया