मधेस प्रदेश : मुख्यन्यायाधिवक्ता झाको राजीनामा स्वीकृत

मधेस प्रदेशका मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६० को उपधारा (४) को (क) बमोजिम मुख्यन्यायधिवत्ता झाले दिएको राजीनामा स्वीकृत गरेका हुन् । 

मुख्यमन्त्री लालबाबु राउतमार्फत मुख्यन्यायधिवत्ता झाले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख मिश्रले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले जानकारी दिए । 

मुख्यन्यायधिवत्ता झाले मुख्यमन्त्री राउतलाई गत १८ भदौ आफ्नो राजीनामा पत्र बुझाएका थिए । आगामी ४ मंसिरमा हुने निर्वाचनमा महोत्तरी–३ बाट उम्मेदवार बन्ने भएपछि झाले पदबाट राजीनामा दिएका थिए । 

मधेस सरकार गठन भएपछि मुख्यन्यायधिवत्ता बनेका झा लगातार पाँच वर्ष पदमा बसे । नेपालको संविधानको धारा १६०(२) बमोजिम झा मधेस प्रदेशको मुख्यन्यायधिवत्ताको पदमा २०७४ फागुन ७ गते नियुक्ति पाएर काम कारबाही गर्दै आएका थिए । 

नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड (क) बमोजिम उनले पदबाट राजीनामा दिएका थिए ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ११:३६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया