च्याम्पियन्स लिगमा रियल म्याड्रिडकाे रोमाञ्चक जित
फरकधार / २० असोज, २०७९

च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा गएराति घरेलु मैदानमा सम्पन्न खेलमा साख्तार डोनेस्कलाई २–१ ले हरायो ।  



रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले एक/एक गोल गरे । साख्तारका लागि ओलेसान्द्र जुब्कोभको एक गोल फर्काए ।

यो जितपछि रियल नकआउट चरण नजिक पुगेको छ । समूह एफ’ मा रहेको उसले ३ खेलमा ९ अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ ।



दोस्रो स्थानमा रहेको शाख्तरले ४ अंक जोडेको छ । 



  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार ९:५१:४५,   अन्तिम अपडेट : असोज २०, २०७९ बिहीबार ९:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया