तेह्रथुममा प्रतिनिधिसभामा १० र प्रदेशसभामा १८ जनाको उम्मेद्वारी

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रतिनिधिसभा तर्फ नेकपा (एमाले) को तर्फबाट विजय सुब्बाले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट युवराज गौतम, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गौरी प्रसाद कन्दङ्वा, जनता समाजवादी पार्टी (जसपा) बाट नारायण मान गुरुङ, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट विष्णुकुमार चोङवाङ, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) बाट टंक प्रसाद भट्टराई, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेन्द्रकुमार लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनबाट गंगाबहादुर चोङवाङ र सुसन चोङवाङ लिम्बुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) बाट प्रदेशसभा सदस्यका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा नेकपा (एमाले) बाट किशोर चन्द्र दुलाल, नेपाली कांग्रेसबाट सन्तोष सुब्बा, नेकपा (एस) बाट कृष्णबहादुर चोङवाङ, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम खत्री, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चन्द्रबहादुर विश्वकर्मा, संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट दिलकुमार लिम्बु साँवा, जसपाबाट सुर्यबहादुर लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनबाट क्षितिज लिम्बु, लोसपाबाट दिलबहादुर सेदेम्बा र खगेन्द्र कटुवालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) मा एमालेको तर्फबाट निवर्तमान सांसद तेजमान कन्दङ्वा, माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईँ, नेकपा (एस) बाट शिवनाथ खापुङ, राप्रपाबाट धनराज कन्दङ्वा, मंगोल नेशनल अर्गनाइजेसनबाट सुनिल कन्दङ्वा, राप्रपा नेपालबाट बमबहादुर लिम्बु, संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट शेरबहादुर इंगनाम र मानध्वज इस्वोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १७:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया