कालिकोटमा मलामी गएका १३ जना पहिरोमा परेर बेपत्ता भएका छन् । उनीहरु जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुलीमा शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामी गएका बेला बेपत्ता भएका हुन् ।
तिला नदीमा मलामी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना सम्पर्कमा आएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले राँचुलीमा मलामी गएकाहरु बेपत्ता भएको खबर आएको र आफूहरु अनुसन्धानमा लागेको र प्रहरी टोली पठाएको जानकारी दिए । उनका अनुसार १३ जनालाई पहिरोले लगेर तिला नदीमा मिसाइको बताए ।
पहिरोमा परी बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजंग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।