logo-img

क्याम्पबेलले प्रतिबन्धविरुद्ध अपिल गर्ने

वेस्ट इण्डिन क्रिकेट टोलीका ब्याटर जोन क्याम्पबेलले प्रतिबन्धविरुद्ध अपिल गर्ने भएका छन् । जमैका एन्टी डोपिङ आयोग (जेएडीसीओ) ले क्याम्पबेललाई चार वर्षको प्रतिबन्ध लगाएको थियो ।

एन्टी डोपिङ नियम उल्लङ्घन गरेको भन्दै क्याम्पबेललाई चार वर्षको प्रतिबन्ध लगाइएको हो । क्याम्पबेलका कानुनी सल्लाहकारले प्रतिबन्धविरुद्ध अपिल गर्ने योजनामा उनी रहेको बताएका छन् ।

जेएडीसीओको तीन सदस्यीय स्वतन्त्र प्यानलले सार्वजनिक गरेको १८ पेजको प्रतिवेदनमा ब्याटर क्याम्पबेललाई डोपिङको नमूना सङ्कलन पेस गर्न बेवास्ता र अस्वीकार गरेको तथा डोपिङ असफल भएको उल्लेख गरिएको छ ।

जेएडीसीओले क्याम्पबेललाई अप्रिलमा किङ्स्टनस्थित आफ्नो घरमा रगतको नमूना दिन अस्वीकार गरेको आरोप लगाएको छ ।

क्याम्पबेलले वेस्ट इण्डिजका लागि २० टेस्ट, ६ एक दिवसीय र २ टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल जुनमा बंगलादेशविरुद्धको दोस्रो टेस्ट थियो ।





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १०:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया