नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपिएफको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा विभागीय टोली नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । उसले आज सम्पन्न समूह‘ए’अन्तर्गतको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । 

९० रनको लक्ष्य एपिएफले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिइन् । 

ममता चौधरीले १७, कप्तान सीता राना मगर र  नेरी थापाल समान १६ रन जोडे । बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले २–२ तथा कप्तान अश्मिना कर्माचार्यले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । 

उसका लागि अश्मिना कर्माचार्यले र सुमन खतिवडाले समान १९ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

एपिएफका लागि रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान १ विकेट हात पार्दा ४ विकेट रन आउटका रुपमा प्राप्त भयो । 



जितसँगै एपिएएफले २ अंक जोड्दा पहिलो पराजय बेहोरेको बागमतीको पनि २ अंक नै छ । बागमतीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको थियो ।
 



  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १२:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया