वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?
फरकधार / २७ असोज, २०७९
फाइल

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको हो । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । 



एसोसिएसनका अनुसार यस अवधिमा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ । १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४१ खर्ब ९३ अर्बमा झरेको छ । 

समग्रमा असोजमा २१ दिनमा निक्षेप २५ अर्ब निक्षेप बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ । असोज २१ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ । 





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ८:१३:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया