सत्ता गठबन्धनका मन्त्रीलाई फोन गरेर मुख्यमन्त्री राउतले भने– राजीनामा दिनू नत्र बर्खास्त गर्छु
फरकधार / २७ असोज, २०७९

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई राजीनामा दिन फोनमार्फत आग्रह गरेका छन् । 



राउतले मन्त्रीहरुलाई फोन गरेर संघ सरकारबाट आफ्नो पार्टीका मन्त्रीहरुलाई हटाइएपछि प्रदेशमा रहेका सत्ता गठबन्धनबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ । 

मुख्यमन्त्रीले मन्त्रीहरुलाई राजीनामा नदिए पदबाट बर्खास्त गर्ने बताएको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए ।



यादवले नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी तीनवटै दलका मन्त्रीहरुको भोलि बिहानै बैठक बसेर यस विषयमा छलफल गरिने जानकारी दिए ।



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार २०:४३:३७,   अन्तिम अपडेट : असोज २७, २०७९ बिहीबार २०:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया