logo-img

महेश बस्नेतलाई दुर्लभ थापाको चेतावनी : डन, धन र गनवादीलाई जनताले ४ मंसिरपछि रुझेको बिरालो बनाइदिन्छन्

कांग्रेसबाट प्रतिनिधिसभा भक्तपुर–२ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनतालाई भ्रममा नपार्न एमालेका प्रतिस्पर्धी महेश बस्नेतलाई चेतावनी दिइका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैं जसो साना–तिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए ।

नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललिपप बाँडेर चुनावी एजेन्डा बनाउनेलाई अब जनताले तह लगाउने भन्दै उनले स्थानीय सरकारको काम विकासको मूल फुटाउने हो भन्ने हेक्का समेत नभएर चुनावी एजेन्डा उही पुरानै विकास गर्छौं भन्दै मत माग्नेलाई भक्तपुरका मतदाताले पाखा लगाउने थापाले बताए ।

आफ्ना प्रतिद्वन्द्वी बस्नेततर्फ संकेत गर्दै थापाले डनवाद, धनवाद र गनवादलाई प्रयोग गरेर निर्वाचन जित्ने दाउमा रहेकालाई ४ मंसिरपछि रुझेको बिरालो बन्नुपर्ने अवस्था आउने बताए ।  

माओवादीको वैशाखी टेकेर एकपटक जितेको धङधङी कांग्रेसले यसैपटक उतार्ने उनले बताए । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १७:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया