logo-img

नवौँ राष्ट्रिय खेलकुद : एफिएफ दुवै टोली  फाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लबका महिला र पुरूष दुवै टोली नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।

महिलातर्फ एपिएफ मंगलबार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले  हराउँदै फाइनल पुगेको हो ।

स्याङ्जाको वालिङ खेल मैदानमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५६ औं मिनेटमा निर्णायक गोल गरिन् ।

उपाधिका लागि एपिएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । विभागीय टोली पुलिस प्रदेश १ लाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

त्यस्तै, पुरूष टोली दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ ले हराउँदै फाइनल पुग्यो ।

पोखरा रंगशालामा एपिएफलाई जित दिलाउन प्रदीप लामाले २ तथा नवीन लामा, विकु तामाङ र हरि कार्कीले १–१ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए ।  



अब एपिएफले स्वर्ण पदकका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी पहिलो सेमिफाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।



  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १८:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया