logo-img

सरसफाइ गरिरहेका युवालाई डीएसपी क्षेत्रीले कुटपिट गर्दै समातेको आरोप

जनकपुरधामस्थित तेलहा मरहा पोखरी सरसफाइ गरिरहेका युवाहरुलाई प्रहरीले कुटपिट गरेको आरोप लगाइएको छ । दीपावली र छठ पर्व नजिकिएकोले आफ्नो नगरभित्रको धार्मिक सम्पदालाई सरसफाइ गर्न पुगेका युवा अभियानीहरुको समूहलाई कुटपिट गर्दै प्रहरीले हिरासतमा लिएको आरोप लगाइएको हो । 

बुधबार बिहान जानकी मन्दिर नजिक रहेको तेलहा मरहा पोखरीको सरसफाइ गरिरहेका दजर्नौं युवा अभियानीहरुले पोखरीबाट निस्केको फोहोर उपमहानगरले उठाएर नलगेको झोंकमा बिच सडकमै फालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहँदा सिभिल ड्रेसमा त्यहाँ पुगेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अचानक उनीहरुमाथि हातपात गर्न थालेको नेकपा एमालेका युवा नेता सुशील कर्णले जानकारी दिए । 

उनले वार्ताको माध्यमबाट प्रहरीले समाधान खोज्नुपर्नेमा संयमता नअपनाई डीएसपी जस्तो पदमा बसेका कानूनका पालकलेनै उल्टै हातपान गर्नु अशोभनीय रहेको बताए । प्रहरीले जानकी चोकका स्थानीय ८ जना युवा अभियानीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेका छन् । 

यता, यस सम्बन्धमा बुझ्नका लागि डीएसपी क्षेत्रीसँग सम्पर्क गर्दा उनले आफू मिटिङ्गमा रहेकोले अहिले कुरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १४:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया