logo-img

प्रधानमन्त्री देउवा विराटनगरमा

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश-१ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार विहान विराटनगर आएका हुन् । 

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् ।

उनीहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १३:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया