गठबन्धनमा आबद्ध दलको घोषणापत्र नीतिगत रुपमा समान हुन्छ : जीवन परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । 

निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धनभित्रका अन्य दलसँग मिलेर सरकार बनाउने उनले बताए । गठबन्धनमा आबद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीको घोषणापत्र र कांग्रेसको घोषणापत्रमा नीतिगत रुपमा धेरै फरक नपर्ने भन्दै उनले सरकार बनाउन सजिलो हुने पनि उल्लेख गरे । 

सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले प्रतिशोध साँध्न उनलाई भ्रष्टाचारको मुद्दा अगाडि बढाएको पार्टीको ठहर रहेको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १८:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया