इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । उसले वेस्ट ह्याम युनाइटेडविरुद्ध १–० को कठिन जित निकालेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासलाई हेडरमार्फत पोस्टको दिशा दिएका थिए ।
युनाइटेडका लागि रासफोर्डको यो १००औं गोल हो । यो जितसँगै १२ खेलमा २३ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा उक्लिँदा पराजित वेस्ट ह्याम १३ खेलबाट १४ अंकका साथ १३ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।