ईश्वर पोख्रेलले गरे निर्वाचन आचारसंहिता उल्लंघन, ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। उनले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेका छन्। 

पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्। जसका खुलासा भजन खलः मा आवद्धहरुले नै खुलासा गरेका छन्। 

‘टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका हाम्रो मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई तात्कालीन समयमा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री रहेका यसै क्षेत्रका  सांसद ईश्वर पोखरेलले सबै खलः लाई आवश्यक सांस्कृतिक बाजा गाजा हस्तान्तरण गरेको र चतुरमास भजन कृतन अवलोकन गर्न आउनु भएको केही तस्बिरहरु,’ सत्यनारायण डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी आभारी छौँ।’ 

निर्वाचन आचारसंहिता लागू भइसकेपछि दल र उम्मेदवारले मतदाता प्रभावित हुने क्रियाकलाप गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ । आयोगका एक अधिकृतले एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उजुरी परे आवश्यक कारबाही गरिने पनि बताए।

 





 

 

 

  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार २२:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया