नवलपरासीको सुस्तामा डुंगा दुर्घटना : तीनको मृत्यु, दुई जना घाइते
प्रतीकात्मक तस्वीर

नवलपरासी पश्चिम सुस्तामा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  

सुस्ता गाउँपालिका–४ नर्सहीमा रहेको नारायणी नदीको भङ्गालोमा डुंगा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।  

दुर्घटनामा परी सुस्ता गाउँपालिका–४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते भएका २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ । 

डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा सोमबार राति भृत्यु भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार ७:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया