देशभरका एमाले उम्मेदवारलाई जुममार्फत ओलीको एकसाथ सम्बोधन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका देशभरका उम्मेदवारलाई एकसाथ सम्बोधन गरेका छन् । बुधबार साँझ उनले जुममार्फत उम्मेदवारहरुसँग छलफल गरेका हुन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका देशैभरिका उम्मेदवारहरुसँग जुम मिटिङ सम्पन्न भएको ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीले अगाडि सारेको चुनावी घोषणापत्रको बारेमा मैले उम्मेदवारहरूलाई ब्रिफिङ गरेको छु, सबै उम्मेदवार साथीहरूलाई सहभागिताको लागि धन्यवाद दिँदै विजयको सफलताको कामना गर्दछु।’





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार २१:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया