चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद वलीलाई प्रहरीले पक्राउ गरेको छ । वली सो पार्टीका नवलपरासी इन्चार्जसमेत हुन् । 

वलीलाई प्रहरीले नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट पक्राउ गरेको सो पार्टीले जनाएको छ।

वली निर्वाचन बहिष्कारसम्बन्धी प्रचार सामग्रीसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

बुधबार मात्रै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसाभ निर्वाचन बिथोल्ने निर्णय सार्वजनिक गरेको थियो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २२:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया