logo-img

मकवानपुरका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

मकवानपुरका दश वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । दश वटा स्थानीय तहले एक सय २ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हुन् ।

जिल्लाका स्थानीय तह मार्फत प्रत्येक वडामा स्थानीय तहले सबै खर्च बेहोर्ने गरी मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो । वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । 

कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने उनले बताए । स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले पालिकामार्फत हरेक वडामा खटाएको हो ।

मतदाता शिक्षाका लागि जिल्ला–जिल्लामा सामग्री पुगिसकेका छन् । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुई वटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिने छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १७:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया