logo-img

रियल र लिभरपुल च्याम्पियन्सकाे लिगकाे अन्तिम १६ मै भिड्ने

यूइफए च्याम्पियन्स लिगकाे नकआउट चरण अर्थात् अन्तिम १६ को 'ड्र' सार्वजनिक भएको छ । यूइफएले सोमबार नकआउट चरणको 'ड्र' सार्वजनिक गरेको हाे ।

सार्वजनिक 'ड्र' अनुसार साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडले साबिक उपविजेता इंग्लिस क्लब लिभरपुललाई प्रतिद्वन्द्वीकाे रूपमा पाएको छ ।

यस्तै,फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बायर्न म्युनिखकाे सामना गर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगसँग खेल्नेछ ।

इंग्लिस क्लब चेल्सीले जर्मनीकाे बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्दी पाएको छ भने अर्काे इंग्लिस क्लब टोटेनहमले इटालीकाे एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, इटालियन क्लब नापोलीले जर्मन क्लब फ्रान्कफुर्टसँग खेल्दा पोर्चुगिज क्लब बेन्फिकाले बेल्जियमकाे क्लब ब्रुगको सामना गर्नेछ ।

अर्को इटालियन क्लब इन्टर मिलानले पाेर्चुगिज क्लब पोर्टोसँग खेल्नेछ । नकआउट चरणका खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगको हुनेछ ।



नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ तथा दोस्रो लेग मार्च ७,८,१४ र १५ हुनेछन्।



 

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १८:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया