अवैध रुपमा अमेरिका जाने क्रममा डुंगा दुर्घटना, तीन नेपालीसहित सातको मृत्यु

आइतबार क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा तीन नेपालीसहित सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ नेपाली, २ बंगालादेशी र १ भारतीय रहेको बताइएको छ ।

यसअघि सोही क्षेत्रमा भएको डुंगा दुर्घटनामा सात नेपालीको मृत्यु भएको थियो । ०७८ असारको पहिलो साता उनीहरुले अवैध रूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा दुर्घटनामा परेर ज्यान गुमाएका थिए । 

दुर्घटनाबारे नेपाल सरकार भने बेखबर छ । स्रोतहरूका अनुसार दुर्घटनामा रुकुम पश्चिमका २ र प्यूठानका एक जना परेका छन् । 

कोलम्बियाबाट अवैध रूपमा ब्राजिल छिर्न लाग्दा पानामाका जलसेनाले डुंगा रोक्न खोजेपछि भाग्ने क्रममा अर्को डुंगामा ठोक्किएर दुर्घटना भएको हो । उक्त डुंगामा एक दर्जनभन्दा धेरै यात्रु सवार थिए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार २१:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया