logo-img

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरीलाई कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । 

‘आचारसंहिताविपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,’ उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् ।’ उनीहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको उनले बताए । 

प्रवक्ता राईका अनुसार कारबाही पर्नेमा प्रदेश नं १ मा ४८, काठमाडौं उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन्  । त्यसैगरी, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सातजना छन् । 

काठमाडौं उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २१:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया