यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ–११

यूएईविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा ९ बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले करण केसीको स्थानमा हरिशंकर साहलाई मौका दिएको छ । आज विजयी हुने टोलीले सिरिज नै आफ्नो पक्षमा पार्नेछ । सिरिज १–१ को बराबरीमा रहेकाले दुवै टोली यो निर्णायक खेल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

सिरिजको पहिलो खेलमा यूएई ८४ रन तथा दोस्रो खेलमा नेपाल तीन विकेटले विजयी भएका थिए । नेपाल आजको खेल जित्दै सिरिज आफ्नो पक्षमा परेर इतिहास रच्न चाहन्छ । 

यदि यो सिरिज जितेमा नेपालले मैदानमा पहिलोपटक दुई देशीय एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्नेछ । पपुवा न्यूगिनीसँग नेपालले यसै वर्ष घरेलु भूमिमा दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज २–० ले गुमाएको थियो ।

यूएई पनि आजको खेलमा जित हात निकालेर २०१९ मा घरेलु मैदानमै बेहोरेको हारको बदला लिन चाहन्छ ।  त्यति बेला नेपालले तीन खेलको सिरिज २–१ को जित हात पारेको थियो । 

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, हरिशंकर साह, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी र ललितनारायण राजवंशी ।





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार ८:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया