logo-img

रघुवीर महासेठ र जुली महतोले खसाले मत

नेकपा एमालेका नेता रघुवीर महासेठले मतदान गरेका छन् । त्यस्तै, एमालेकै नेता तथा उनकी पत्नी जुली महतोले पनि मतदान गरेकी छिन् ।

यी दुवैले धनुषा ४ को जनकपुरधाम उपमहानगरपालिका ९ स्थित सुहृदय पुस्तकालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

जुली धनुषा ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन् । उनको मतदाता नामावलीमा भने नाम धनुषा ४ मा छ । 

धनुषा ४ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्, रघुवीर महासेठ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ८:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया