logo-img

धनुषामा भोलि बिहानदेखि मतगणना हुने

धनुषामा मतगणना साेमबार विहानबाट सुरु हुने भएकाे छ। यसअघि आज राति नै मतगणना सुरु हुने भनिए पनि याे सम्भव नहुने निर्वाचन आयाेगले निष्कर्ष निकालेकाे छ । 

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतपेटिका संकलनको काम अझै जारी रहेकोले आज रातिदेखि मतगणना कार्य प्रारम्भ नहुने जानकारी दिएका हुन् । 

उनले चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहानदेखि मात्र मतगणना सुरू हुने अपेक्षा गरिएको बताए । 

जिल्लाका चार वटै निर्वाचन क्षेत्रका ६०५ वटै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएसँगै मतपेटिकाहरू संकलन गर्ने कार्य अझै जारी रहेकोले अबेर रातिसम्म मतपेटिका संकलन गरी सर्वदलीय बैठकपश्चात सोमबार बिहान ८/९ बजेदेखि मतगणना कार्य प्रारम्भ गर्नेगरी तयारी भएको प्याकुरेलले जानकारी दिए । 

जिल्लाका चार वटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ । 

जिल्लाको क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को तिनकौरियामा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । 



उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए ।

आइतबार सम्पन्न निर्वाचनमा धनुषामा ६२ प्रतिशत मत खसेको छ । 



प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।
 

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार २३:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया