ललितपुर २ मा विजयी एमाले उम्मेदवार प्रेम महर्जनः तीन महिना थिए माधव नेपालको पार्टीको केन्द्रीय सदस्य

आइतबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले पहिलो जित हासिल गरेको छ, ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा । त्यहाँ एमालेका प्रेम महर्जनले १५ हजार २५ मत प्राप्त गरेर एमालेको जितको खाता खोले ।

महर्जन २०७८ भदौ ९ गते माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी खोल्दा नेकपा एमाले छाडेर त्यही पार्टीमा गएका थिए । 

नेकपा एकीकृत समाजवादी पार्टीमा उनले केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाएका थिए ।

नेकपा एमालेमा रहँदा उनले पार्टीमा सधैं माधवकुमार नेपाललाई नै साथ दिएका थिए । तर, उनी नेपालको पार्टी नेकपा एसमा लामो समय बस्न सकेनन् ।

नेकपा एस गठन भएको तीन महिनामा नै उनले पुरानै पार्टी फर्किने निर्णय गरे । २०७८ साल कार्तिक ३ गते उनी फेरि नेकपा एमालेमा फर्किए ।

नेकपा एमालेले उनलाई ललितपुर २ को टिकट दियो । उनले यही क्षेत्रमा लामो समय काम गरेका थिए, नेकपा एमालेबाट जित निकाले ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार २२:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया