प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायमै राखेका छन् ।
मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले ५ हजार ५ सय ६९ मतको अग्रता लिएका हुन् ।
निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार २ सय ३२ मत गणना हुँदा थापाले १७ हजार ५ सय १७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले ११ हजार ९ सय ४८ मत ल्याएका छन् ।
त्यसैगरी, राप्रपाका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले २ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।