काठमाडौं–६ (ख) मा एमालेका अमन मास्के निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ७ (ख) मा नेकपा (एमाले) का उम्मेदवार इञ्जिनियर अमनकुमार मास्के विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले ८ हजार ५९ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

यस्तै, नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले ३ हजार ५ सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले ३ सय २७ मत प्राप्त गरे ।

टोखा नगरपालिका–१ र ८ तथा तारकेश्वर नगरपालिका–१, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार १ सय आठ मत खसेको थियो । सोही मतमध्ये ३ सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ७:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया