गगनमाथि दीपशिखाको आरोप : घण्टीसँगको साझेदारीमा हामीलाई हराउनुभयो

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग साझेदारी गरेर गठबन्धनलाई धोका दिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा अपेक्षाकृत नआएको बेला दीपशिखाले थापाविरुद्ध यस्तो आरोप लगाएका हुन् ।  

थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईँको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईँलाई आगामी यात्राको शुभकामना ।’

उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ११:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया