पूर्वी नवलपरासीमा के छ शशांक कोइरालाको अवस्था ?

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणामअनुसार १३ हजार ८ सय ९ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत पाएका छन् । 

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन् ।

कार्कीले १७ हजार १ सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १२:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया