logo-img

बागलुङ २ : देवेन्द्र पौडेल २२८५ मतले अगाडि

बागलुङ क्षेत्र नम्बर २ मा ३६ हजार४ सय ८१  मत गणना गर्दा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । 

माओवादीका देवेन्द्र पौडेल १८ हजार ३ सय २० मतका साथ अगाडि बढिरहेका छन् । उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छिन् । पौडेल र चालिसेबीच अहिले २ हजार दुई सय ८५ मतान्तर रहेको छ । 

त्यस्तै, तेस्रो स्थानमा १ हजार ५ सय ६३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तिला खत्री रहेका छन् । यसै गरी स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले २ सय ६७ मत प्राप्त गरेका छन् । नेपाल दलित पार्टीका टेकप्रसाद कामीले १ सय७७ मत प्राप्त गरेका छन् । 

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङले ९१ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले २८ मत प्राप्त गरेका छन् । 

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन १५ हजार १ सय ८ सहित विजयी भएका छन् ।  उनका प्रतिद्वन्द्वी प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरेका छन् । 

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर १२ हजार ४  सय ८ मत प्राप्त गरी विजयी भएका छन् । 
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १५:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया