अछाम २ बाट प्रतिनिधिसभामा कांग्रेसका शाह विजयी

प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् ।

२३ हजार ५४ मत प्राप्त गर्दै शाह विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ७ हजार २० रहेको छ ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २०:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया