logo-img

सिन्धुपाल्चोक प्रदेशसभामा माओवादीका दुलाल र पौडेल विजयी

सिन्धुपाल्चोक–१ (ख) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार २ सय ५६ मतसहित विजयी  भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरे । सिन्धुपाल्चोक–२, प्रदेशसभा (ख) मा पनि माओवादी केन्द्रका युवराज दुलाल  विजयी भएका छन् ।

उनले २० हजार ९ सय ६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अमानसिं तामाङले १२ हजार १ सय ३९ मत ल्याए । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको जिल्लामा १ प्रतिनिधिसभा र ३ प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस एक र माओवादी केन्द्रले तीन गरी चार उम्मेदवार विजयी भई सकेका छन् । 



प्रतिनिधिसभा–२ मा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत २१ हजार ७ सय सय ४९ मतसहित अग्रतामा छन् । उनलाई एमालेका शेरबहादुर तामाङले १२ हजार ४ सय ४० मतसहित पछ्याइरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ७:२७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया