कैलालीमा नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभातर्फ तेस्रो जित

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ तेस्रो जित निकालेको छ । सो पार्टीका कैलाली क्षेत्र नं. २ मा अरुण चौधरीको विजयसँगै प्रतिनिधि सभाका तीन स्थानमा जितेको हो । उसले कैलालीका क्षेत्र नं. १, २ र ३ मा जितेको छ ।

पछिल्लो मत परिणाम अनुसार चौधरी भारी मतान्तरले विजयी भएका छन् । उनले २१ हजार ८७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन् ।

सो पार्टीबाट कैलालीको क्षेत्र नं. १ मा रञ्जिता श्रेष्ठ र क्षेत्र नं. ३ मा गंगाराम चौधरी यसअघि नै विजय भइसकेका छन् । श्रेष्ठले गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामजनम चौधरीलाई र चौधरीले नेकपा एमालेका उम्मेदवार पूर्व मन्त्री गौरीशंकर थारु र सभासद् कृष्णकुमार चौधरीलाई पराजित गरेका छन् । 

उक्त पार्टीले पाँच वटा प्रदेश निर्वाचन क्षेत्रमा समेत विजय हासिल गरेको छ । उसले क्षेत्र नं. १ र ३ का दुई वटै र २ को (ख) मा जितेको छ । क्षेत्र नं. १ को (क) बाट कैलाश चौधरी र (ख) बाट लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । 

त्यस्तै क्षेत्र नं. ३ को (क) बाट घनश्याम चौधरी र (ख) बाट खुसीराम डगौरा थारु विजयी भएका छन् भने क्षेत्र नं. २ को (ख) बाट रामेश्वर चौधरी विजयी भएका छन् । (क) मा भने गठबन्धनका तर्फबाट काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १५:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया