सुनसरी–३ मा एमालेकी चौधरी जित नजिक, गच्छदार साढे ५ हजार मतले पछाडि

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । 

उनले अहिलेसम्म ३६ हजार १३६ मत प्राप्त गरेकी छन् । चौधरीका निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन् । 

चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन् । त्यहाँ अब १० हजार ६ सय मत गणना हुन बाँकी रहेको छ । 

तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ७:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया