समानुपातिक अपडेट : ९६ लाख मतगणना, कुन दललाई कति भोट?

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म ९६ लाख २ हजार ५७६ मतगणना भएको छ । पछिल्लो अपडेटअनुसार नेकपा एमाले २५ लाख ९३ हजार ४६६ मतका साथ अग्रस्थानमा छ । 

त्यस्तै, २४ लाख ५७ हजार ३०३ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ४ हजार ८३३ मत प्राप्त गरेको छ । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत ल्याएको छ । 

जनमत पार्टीले ३ लाख १ हजार ६२० मत, एकीकृत समाजवादीले २ लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । 

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ३०५ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२, मंगोल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ पाँच मत ल्याएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १२:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया