नयाँ सरकार गठन नहुँदै एआइजी बढुवा गर्न निर्वाचन आयोगले दियो सहमति

नेपाल प्रहरीमा रिक्त रहेका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि निर्वाचन आयोगले सहमति दिएको छ । 

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीमा निर्वाचन लडेर काठमाडौं आएलगत्तै एआइजी बढुवाका लागि सहमति मागेका थिए । आयोगले नयाँ सरकार गठन नहुँदै एआइजी बढुवाको सहमति दिएको हो ।  

आयोगले सोमबार दिउँसो सहमति दिएको मन्त्रालयका एक अधिकारीले बताए । 

आयोगको सहमतिपछि ०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापाबीच पहिलो नम्बरको एआइजीमा प्रतिस्पर्धा चलेको छ ।

उनीहरुसँगै बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआइजीका प्रतिस्पर्धी हुन् । 

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआइजी पद रिक्त भएपछि सरकारले बढुवाको तयारी गरेको छ ।



एआइजीका लागि मधेस प्रदेशका डिआइजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका डिआइजी मोहनकुमार आचार्य पनि प्रतिस्पर्धामा रहेका छन् । 



  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार २१:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया