सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो अपडेटअनुसार उनले २६ हजार ५६३ मत प्राप्त गरेका छन् । कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले २६ हजार २३५ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
कार्कीभन्दा कुसियैत ३ सय २८ मतले पछाडि छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।