सुनसरी क्षेत्र नम्बर ४ मा फेरि नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।
मतगणना अन्तिमतिर आइपुग्दा उनी १५ मतले अघि बढेका हुन् । पछिल्लो मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार १२० पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ५ मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १ सय ६८ मत, राप्रपाका विद्यानन्द यादवले ३ हजार १ सय २७ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।