सुनको मूल्य प्रतितोला १ लाख नजिक

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सयले रुपैयाँ बढेको हो । 

आइतबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ ले बढेर १ हजार ३ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ११:४४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया