विकास बोर्ड अध्यक्ष केसीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने जनाएकाे छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश सिंह राउतको इजलासले साे रिटमा अन्तरिम आदेश नदिई पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको हाे । 

साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। बोर्डको अध्यक्ष हुनका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दायर गरेका थिए । 

दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा मुद्दा दिएका थिए।

शैक्षिक योग्यता साथै यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो।
 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १७:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया