महाकालीको बगर मिचेर तटबन्ध बनाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्रलाई गृहको पत्राचार

दार्चुला सदरमुकाम खलंगा र भारतीय भूमि धार्चुला जोड्ने पुलमुनि महाकालीको बगर मिचेर भारतले बनाएको तटबन्ध बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

गृहले सोमबार परराष्ट्रलाई पत्र लेख्दै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख गरेको छ ।

नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुर्‍याउने गृहको पत्रमा उल्लेख छ । गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने पत्रमा उल्लेख गरेको छ । 

साथै पटक–पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेको उल्लेख गर्दै गृहले कूटनीतिक रूपमापहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न पनि परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार २२:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया