विश्वकप २०२२ः इंग्ल्याण्ड भर्सेस फ्रान्सः कसले जित्ला आजको खेल, कस्तो छ विगत ?

विश्वकप २०२२ मा क्वाटरफाइनलमा आजको एउटा खेल हो, फ्रान्स र इंग्याण्डबीचको । यी दुई टिमको खेलमा कसले बाजी मार्ला भन्ने चासो धेरैलाई छ ।

यसपटक यी दुवै टिम निकै राम्रो फर्मममा छन् । अनि दुवैसँग उम्दा युवा खेलाडी पनि छन् । 

फ्रान्सका एम्बाप्पे अहिले फर्ममा मात्र होइन, निकै कुशल खेलिरहेका पनि छन् । अनि इंग्ल्याडमा ज्युड र बुकायो साकाजस्ता कुशल खेलाडी छन् ।

आफ्नो ट्रफी बचाउनका लागि खेलिरहेको फ्रान्स र घरमा ट्रफी लैजान खोजिरहेको यी टिमबीचको खेल नेपाली समयअनुसार आज राति पौने १ बजे हुँदैछ ।

विगतलाई हेर्ने हो भने यी दुई टिमले यसअघि ३१ पटक सँगै खेलेका छन् । यी ३१ पटकका भेटमा फ्रान्सले ९ पटक मात्र जित निकालेको छ । इंग्ल्याण्डले १७ पटक जित निकालेको छ । यी दुईबीचको खेल ५ पटक बराबरीमा टुंगिएको छ ।

विश्वकपमा भन्ने हो भने यी दुईबीच भएको दुई भेटमा दुवै खेलमा इंग्ल्याण्डले जित निकालेको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार १०:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया