पहिलो हाफमा रोनाल्डोलाई नखेलाएकोमा पश्चाताप छैन : पोर्चुगिज प्रशिक्षक सान्तोस

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भयो । 

अफ्रिकी देशसँगको यो हारले सेमिफाइनल पुग्ने पोर्चुगलको लक्ष्यमा ठूलो धक्का लाग्यो । क्वार्टरफाइनल खेलमा पोर्चुगलले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पहिलो हाफमा खेलाएन ।

पोर्चुगल हार्नुको कारण नै रोनाल्डोलाई पहिलो हाफमा नखेलाउनु रहेको विश्लेषक र समर्थकले टिप्पणी गरेका छन् । तर, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसलाई भने त्यस्तो लाग्दैन । उनले यो निर्णयमा कुनै पश्चाताप नभएको समेत बताएका छन् ।

‘मलाई लाग्दैन कि पश्चाताप छ । रोनाल्डो महान् खेलाडी हुन्, उनी आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ खेल सकिएपछि सान्तोसले भने । 

रोनाल्डो खेलको ५१ औँ मिनेटमा वैकल्पिक खेलाडीरूपमा मैदान प्रवेश गरेका थिए ।   





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ११:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया