दुई प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन, विभागले लगायो बिक्रीमा रोक

औषधि व्यवस्था विभागले दुईप्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको विभागको ठहर छ ।

विभागले ती औषधिलाई बजारबाट फिर्ता ल्याउन सूचना जारी गर्दै निर्देशन दिएको छ । दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्नसक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ । 

विभागले यी औषधि प्रयोग नगर्न/नगराउन पनि आग्रह गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार ८:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया